बर्दिया-१ मा कांग्रेसको उम्मेदवार सञ्जय गौतम कायम, राठौरको मनोनयन खारेज

5

काठमाडौं – बर्दिया क्षेत्र नं. १ मा नेपाली कांग्रेसका तर्फबाट उम्मेदवारी दिएका नेपाली कांग्रेसका जिल्ला सभापति अरुणप्रकाशसिंह राठौरको उम्मेदवारी खारेज भएको छ ।

२ जनाको उमेदवारी परेकोमा अन्ततः नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा निवर्तमान सांसद सञ्जय गौतमले आधिकारिकता पाएका छन्।

पार्टीको आधिकारिक उम्मेदवार आफू रहेको भन्दै गत आइतबार गौतम र राठौर दुवैजनाले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा मनोनयनपत्र दर्ता गराएका थिए।

सहायक निर्वाचन अधिकृत निलकण्ठ बरालले प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचन निर्देशिका २०७९को दफा १९ को उपदफा ९ बमोजिम राजनीतिक दलले उम्मेदवारका लागि एउटै पदमा एकभन्दा बढी व्यक्तिको लागि औपचारिकपत्र प्रदान गरेमा जसले पहिला मनोनयनपत्र दर्ता गर्यो उसैको उम्मेदवारी कायम रहने व्यवस्था भएबमोजिम पहिले दर्ता गर्ने सञ्जय गौतमको मनोनयनपत्र सदर भएको बताए।

मनोनयनपत्र दर्ता गर्दा दर्ता किताबमा सञ्जय गौतमको ६ नं र अरुणप्रकाशसिंह राठौरको ७ नंमा दर्ता भएको र कम्प्युटरमा प्रविष्ट गर्दा सञ्जय गौतमको नाम प्रविष्ट भएको र अरुणप्रकाशसिंह राठौरको नाम प्रविष्ट गर्दा कम्प्युटर सिस्टमले नलिई आयोगमा नै दर्ता नभएको बताइएको छ।

समाचार वर्गहरू