बर्नमाउथका गोलकिपर रामस्डेललाई कोरोना संक्रमण

39

(एजेन्सी) – इंग्लिस क्लब बर्नमाउथका गोलकिपर आरोन रामस्डेललाई कोरोना भाईरस (कोभिड–१९) को संक्रमण देखिएको छ । उनी प्रिमियर लिग टेस्टको अन्तिम चरणमा गरिएको परीक्षणमा कोरोना भाइरस पोजिटिभ देखिएका दुई व्यक्तिको मध्ये एक उनी थिए ।

गोलकिपर आरोनले आफूलाई कोरोना लागेको पुष्टि गरेका छन् । इंग्ल्याण्डको पत्रिका द सनसँग कुरा गर्दै गोलकिपर आरोनले कोरोना भएको पुष्टि गरेका हुन् ।

गत साता गरिएको दोस्रो चरणको परीक्षणमा खेलाडी तथा क्लबका कर्मचारीको गरी ९ सय ९६ जनाको कोरोना परीक्षण गरिएको थियो । अर्को व्यक्तिको नाम छुट्टै क्लबमा राखिएको छैन । आफूले कसैसँग भेटघाट नगरेको तर, कोरोना संक्रमण देखिएको भन्दै उनले सेल्फ आइसोलेसनमा रहेको बताए ।

यस अघि बर्नमाउथले आफ्ना एक खेलाडीमा कोरोना देखिएको जनाएको थियो । तर, क्लबले खेलाडीको भने गोप्य राखेको थियो । प्रिमियर लिगका खेलाडीको दोस्रो चरणको परिक्षण दौरान गोलकिपर आरोनमा कोरोना देखिएको हो । हालसम्म प्रिमियर लिगमा १ सय ७ सय ४४ खेलाडीको परीक्षण गर्दा ८ जनामा कोरोनाको संक्रमण देखिएको छ ।

समाचार वर्गहरू