काठमाडौं – नेकपा एमाले दोलखाका नेता विदुर शर्मामाथि बलात्कारको आरोप लगाउँदै एक किशोरीले प्रहरीमा जाहेरी दिएकी छन् ।
जागिर लगाइदिने प्रलोभनमा नेता शर्माले आफूलाई बलात्कार गरेको भन्दै एक किशोरीले दरबामार्ग प्रहरी वृत्तमा जहेरी दिएकी हुन् ।
दोलखाको घ्याङसुकाठोकर घर भएका शर्मा कोभिड–१९ को महामारीमा समाजसेवा गरेर निकै चर्चामा आएका पात्र हुन् ।
प्रहरीका अनुसार किशोरीले आफूलाई शर्माले ठमेलस्थित सञ्चयकोष नजिकैको होटलमा पुर्याएर बलात्कार गरेको जाहेरीमा उल्लेख गरेकी छन् ।
जाहेरी पश्चात् प्रहरीले शर्माको खोजी गरेको जनाएको छ । अहिलेसम्म शर्मा प्रहरीको नियन्त्रणमा पुगेका छैनन् ।