(काठमाडौं) – बसको ठक्करबाट काठमाडौंको चावहिलस्थित पशुपति बहुमुखी क्याम्पसकी एक विद्यार्थीको मृत्यु भएको छ । साथीको मृत्युपछि आक्रोसित विद्यार्थीले बसमा गरेको आगजनी र प्रदर्शनबाट सुकेधारा चाबहिल क्षेत्रमा तनाव बनेको छ ।
सो क्याम्पसमा बीबीएस अध्ययनरत २१ वर्षीया सृष्टि पन्तलाई सोमबार बिहान बा ४ ख ५९२० नम्बरको बसले ठक्कर दिएको हो । बाटोमा हिँडिरहेको बेला बसको ठक्करबाट गम्भीर घाइते भएकी पन्तको उपचारका लागि चाबहिलस्थित ओम अस्पताल पुर्याएपछि मृत्यु भएको हो ।
आक्रोशित विद्यार्थीहरूले अहिले प्रदर्शन गरिहेका छन् । पन्तलाई ठक्कर दिने बसमा उनीहरुले आगो लगाइदिएका छन् । आगजनीबाट बसमा पूर्ण रुपमा क्षति पुगेको छ । ठक्कर दिने गाडी र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । विद्यार्थीले अहिले पनि प्रदर्शन जारी राखेको प्रहरीले जनाएको छ ।