बसुन्धरामा ट्रक दुर्घटनामा हुँदा दुई जनाको मृत्यु

6

काठमाडौं – राजधानीको बसुन्धरामा बुधबार सवारी दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ।

काठमाडौँ – ३ बसुन्धरा चक्रपथ क्षेत्रमा नारायणगोपाल चोकबाट बसुन्धरा जाँदै गरेको ना ८ ख १८४१ नम्बरको ट्रकले बागमती प्रदेश ०२–०३२ प २२२७ नम्बरको स्कुटरलाई ठक्कर दिँदा दुईजनाको बुधबार राती मृत्यु भएको हो।

मृत्यु हुनेमा कास्की पोखरा महानगरपालिका वडा नं ९ घर भएका ४७ वर्षीय बेलबहादुर रानामगर र सोही क्षेत्रकी ४७ वर्षीय कल्पना रानामगर रहेका छन्।

तीव्र गतिका कारण सवारी दुर्घटना भएको प्रवक्ता भट्टले बताए। प्रहरीले दुर्घटनामा सङ्लग्न ट्रक र ट्रक चालक चितवनका २५ वर्षीय राम हमाललाई नियन्त्रणमा लिएर अनुन्धान गरिरहेको छ।

समाचार वर्गहरू