बहुदलपछिका ३३ वर्षमा आठ निर्वाचन, २७ प्रधानमन्त्री, २८औँ को ?

32

काठमाडौं – ०४६ को जनआन्दोलनसँगै प्रजातन्त्र पुनर्बहालीपछिका ३३ वर्षमा सातवटा आमनिर्वाचन भए, देशले २७ वटा प्रधानमन्त्री पायो । तर, कुनै पनि प्रधानमन्त्रीले पाँचवर्षे कार्यकाल पूरा गर्न सकेनन् । अहिले २८औँ प्रधानमन्त्री चुन्ने प्रक्रिया चलिरहेको छ ।

नयाँ प्रधानमन्त्रीले पनि पाँच वर्ष पूरै सरकार चलाउन नपाउने लगभग निश्चित छ । किनभने, गठबन्धनमा सरकार बन्दै छ । बहुदलपछि २९ वैशाख ०४८ मा भएको पहिलो आमनिर्वाचनमा कांग्रेसले बहुमत पाएको थियो । तर, प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले साढे तीन वर्षभन्दा धेरै सरकार चलाउन सकेनन् । देशलाई मध्यावधिमा धकेले । उनको त्यही सरकार नै अहिलेसम्म लामो समय टिकेको मानिन्छ ।

त्यसपछि ०७४ मा बनेको एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकार सवा तीन वर्ष टिक्यो । ३३ वर्षको अवधिमा कांग्रेसबाट गिरिजाप्रसाद र शेरबहादुर देउवाले पाँच–पाँचपटक सरकारको नेतृत्व गरे । एमाले अध्यक्ष ओली तीनपटक प्रधानमन्त्री बने । कृष्णप्रसाद भट्टराई, सूर्यबहादुर थापा, लोकेन्द्रबहादुर चन्द र पुष्पकमल दाहाल प्रचण्डले दुई–दुईपटक सरकार चलाए ।

त्यसबाहेक मनमोहन अधिकारी, सुुशील कोइराला, बाबुराम भट्टराई, माधवकुमार नेपाल, झलनाथ खनाल र खिलराज रेग्मीले एक–एकपटक सरकारको नेतृत्व गरे । राजनीतिक अस्थिरताको लाभ उठाउँदै तत्कालीन राजा ज्ञानेन्द्र शाहले पनि दुईपटक सत्ता हत्याएर नेतृत्व गरे । २८ चैत ०६४ को पहिलो संविधानसभा निर्वाचनपछि पनि मात्र देशले १२ वटा सरकार भोगिसकेको छ । यम बमको रिपोर्ट :

नयाँपत्रिका दैनिक ।

 

मध्यबिन्दु अनलाइन
WRITTEN BY

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं.
दर्ता न. १७८८/०७६-७७

समाचार वर्गहरू