(बाँके) – सोनारी गाउँपालिका–२ ठुरिया जंगलमा गाडी दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको छ । २२ जना घाइते भएका छन् ।भारतबाट मजदुरी गरेर नेपालगञ्ज हुँदै सल्यान जान लागेकाहरु दुर्घटनामा परेका हुन् ।
दुर्घटनामा घाइते भएकाहरुको नेपालगञ्जमा उपचार भइरहेको छ ।शवहरु भेरी अस्पतालमा ल्याइएको छ । मृतकको सनाखत नभएको इलाका प्रहरी कार्यालय बाँकेले जनाएको छ ।
घटनाको बिस्तृत विवरण भने आउन बाँकी छ ।