बाँकेमा थप एक कोरोना संक्रमितको मृत्यु

17

(नेपालगञ्ज)  – कोरोना भाइरसको संक्रमणबाट नेपालगञ्जको भेरी अस्पतालमा उपचाररत थप एक जनाको मृत्यु भएको छ ।

भेरी अस्पतालमा उपचार गराइरहेका दाङको घोराही उपमहानगरपालिका–१५ का ७५ वर्षीय वृद्धको मंगलबार बिहान मृत्यु भएको हो ।

कात्तिक २७ गते उपचारका लागि भेरी अस्पतालमा भनाए भएका ती वृद्धको मंगलबार बिहान १०:२० बजे मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताए ।

उनलाई कात्तिक २७ गते कोरोना पुष्टि भएको थियो ।

 

समाचार वर्गहरू