बागमतीका मुख्यमन्त्री लामालाई विश्वासको मत

62

काठमाडौं बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिं लामाले प्रदेशसभामा विश्वासको मत प्राप्त गरेका छन्। मंगलबार बसेको बागमती प्रदेशसभा बैठकमा मुख्यमन्त्री लामाले राखेको विश्वासको मतको प्रस्ताव बहुमतले पारित भएको हो।

विश्वासको मत सम्बन्धी प्रस्तावमा भएको मत विभाजनका क्रममा मुख्यमन्त्री लामालाई ६४ मत प्राप्त भएको थियो भने विपक्षमा ३५ मत प्राप्त भएको थियो।

उनलाई कांग्रेसका ३७ र एमालेका २७ जना सांसदले पक्षमा मत दिएका हुन् । यस्तै माओवादी केन्द्र, एकीकृत समाजवादी, राप्रपालगायतका ३५ जना सांसदले प्रस्तावको विपक्षमा मत दिएका छन् । यसैगरी तीन मत तटस्थमा परेकाे छ । आजको प्रदेश सभा बैठकमा एक सय तीन जना सांसद उपस्थित थिए ।

एक सय १० सदस्यीय प्रदेश सभामा सरकार गठनका लागि ५६ जना सांसदको समर्थन आवश्यक हुन्छ । मुख्यमन्त्री लामा गत साउन ८ गते एमाले र कांग्रेसको गठबन्धनबाट प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका थिए।

मध्यबिन्दु अनलाइन
WRITTEN BY

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं.
दर्ता न. १७८८/०७६-७७

समाचार वर्गहरू