बागमती प्रदेश प्रहरी तालिम केन्द्रमा ज्वरो क्लिनक सञ्चालन

42

सिन्धुली – कोरोना भाइरस संक्रमण न्यूनिकरणका लागि बागमती प्रदेश प्रहरी तालिम केन्द्र सिन्धुलीको दूधौलीमा मंगलबारबाट ज्वरो क्लिनिक सञ्चालनमा ल्याइएको छ ।

तालिम केन्द्र प्रमुख एसएसपी संदिप भण्डारीका अनुसार क्लिनिक सञ्चालनमा ल्याएर सबै प्रहरीको ज्वरो मापन गरिएको छ ।

कोरोना भाइरस संक्रमणबाट बच्नका लागि तालिम केन्द्रमा रहेका सबै प्रहरीलाई माक्स, सेनिटाइजर, साबुन लगायत वितरण गरिएको एसएसपी भण्डारीले जानकारी दिए ।

तालिम प्राप्त गरेर जानेहरुका लागि संक्रमण सावधानीका उपायहरु रहेको हाते पुस्तिका समेत वितरण गरिएको छ ।

समाचार वर्गहरू