काठमाडौं – नेपाली कांग्रेसबाट बागमती प्रदेश सरकारमा नवनियुक्त दुई मन्त्रीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।
आइतबार प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेल उपस्थितिमा प्रदेश प्रमुख यादव चन्द्र शर्माले नवनियुक्त दुई मन्त्रीलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् ।
सपथलिने मन्त्रीमा कांग्रेसका प्रदेश संसदीय दलका नेता एवं प्रदेशसभा सदस्य बहादुरसिंह लामा र प्रदेशसभा सदस्य तीर्थ लामा रहेका छन् ।
कांग्रेसका प्रदेश संसदीय दलका नेता लामा आर्थिक मामिला तथा योजना मन्त्री बनेका छने भने तीर्थ खानेपानी तथा योजना मन्त्री बनेका छन् ।
प्रदेशका ११ मन्त्रालयमध्ये ४ मन्त्रालय माओवादीले सम्हालिरहेको छ भने आइतबार २ मन्त्रालय कांग्रेसले पाएको छ । बाँकी मन्त्रालयमा मन्त्री नियुक्त गर्न बाँकी रहेको छ ।