बाघको छालासहित दाङबाट ३ पक्राउ

21

(काठमाडौं) – बाघको छालासहित ३ जनालाई दाङबाट प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सल्यानको बनगाड कुपिण्डे नगरपालिका–२ का ३७ वर्षीय यमबहादुर राना, त्रिवेणी गाउँपालिका–१ का ३० वर्षीय रामजा बुढामगर र शारदा नगरपालिका– १का २६ वर्षीय रमित सुनार रहेका छन् ।

केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीको टोलीले तलुसीपुर उपमहानगरपालिका–५ स्थित बासपार्कबाट बाघको छालासहित तीन जनालाई पक्राउ गरेको हो । वन्यजन्तुको आखेटोपहार ओसारपसार तथा खरिद विक्री गर्न लागेको विशेष सूचनाका आधारमा खटिएको सीआईबीको टोलीले उनीहरुलाई पक्राउ गरेको थियो ।

उनीहरुलाई राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ विरद्धको अपराध मुद्दा दायर गरिएको ब्यूरोका प्रवक्ता बेलबहादुर पाण्डेद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । ब्यूरोले उनीहरुलाई बाघको छालासिहत डिभिजन वन कार्यालय दाङमा बुझाएको छ ।

समाचार वर्गहरू