बाघको छाला सहित काठमाडौंबाट एक पक्राउ

21

काठमाडौं – दुर्लभ वन्यजन्तु बाघको छाला सहित काठमाडौंको तारकेश्वरबाट एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा लम्जुङ दुधपोखरी गाउँपालिका-२ घर भई हाल तारकेश्वर नगरपालिका-९ मनमैजु बस्ने ५३ वर्षीय बृस राज घले रहेका छन् ।

तारकेश्वर नगरपालिका-९ मनमैजुबाट करिब ६ फिट २ ईन्च लम्बाई र १ फिट २ ईन्च चौडाई भएको बाघको १ थान छाला सहित घलेलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

प्रतिबन्धित दुर्लभ बाघको छाला किनबेच गर्नको लागि लुकाई ल्याएको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले जाँच गर्नेक्रममा राज घलेको कोठाबाट उक्त बाघको छाला फेला पारी पक्राउ गरेको हो ।

उनलाई आवश्यक कारबाहीको लागि जिल्ला बन कार्यालय हात्तिसार, काठमाडौं पठाईएको उक्त महाशाखाले जनाएको छ ।

समाचार वर्गहरू