बाजुरामा काङ्ग्रेस प्रवेशको लहर बरिस्ठ नेता रावलले गरे स्वागत

17

बाजुरा – त्रिवेणी नगरपालिका बाजुरामा माओवादीका पुर्व जनमुक्ती सेना कमाण्डर सहित २ सय घरपरिवार काँग्रेसमा प्रवेश गरेका छन् ।
बाजुराको त्रिवेणीमा नेकपा छेड्नेहरको लहर लगेको छ । सोमबार मात्रै त्रिवेणी नगरपालिकाको वडा न. ६ पन्धारा, नेपाली टोल र बुढाटोलका २ सय घरपरिवार नेकपा परित्याग गरि नेपाली काँग्रेसमा प्रवेश गरेको काङ्ग्रेस नेता मिन बहादुर भण्डारीले बताएका छन् ।

माओवादीका पुर्व जनमुक्ती सेनाका कमाण्डर मनोज विक सहित वडा नं ६ का २ सय घघरपरिवार नै नेपाली काँग्रेसमा प्रवेश गरेको भण्डारी जानाकारी दिए । बाजुरामा ईमानदार,निष्ठावान राजनितीज्ञका रुपमा चिनिने, कुसल संगठक,नेपाली काङ्ग्रेसका बरिस्ठ नेता रामसिन्ह रावलको पहलमा काङ्ग्रेस परिवर्तनको लहर छाएको छ। सम्पुर्ण नवप्रवेसीहरुलार्इृ बरिस्ठ नेता रावल,काङ्ग्रेस पुर्व पार्टी सभापती मान बहादुर रावलले नेपाली काँग्रेसमा स्वागत गरेका हुन्

समाचार वर्गहरू