बाजुरामा क्वारेन्टिनमा बस्दै आएका एकको मृत्यु

24

(बाजुरा) – भारतबाट आएर क्वारेन्टिनमा बस्दै आएका बाजुराका एक पुरुषको मृत्यु भएको छ ।

खप्तड छेडेदह गाउँपालिका–७ स्थित मष्टा आधारभूत विद्यालयको क्वारेन्टिनमा रहेका ६५ वर्षीय पुरुषको मृत्यु भएको हो ।

उनको शनिबार बिहान मृत्यु भएको गाउँपालिकाका अध्यक्ष नरबहादुर रावतले बताए । भारतबाट आएका ६५ वर्षीय ती पुरुष जेठ १६ गतेबाट क्वारेन्टिनमा बस्दै आएका थिए ।

मृतक दमका बिमारी थिए । उनमा कोरोना संक्रमण भए नभएको परीक्षण हुन बाँकी छ ।

सुदूरपश्चिम प्रदेशमा कोरोनाको परीक्षणका लागि स्वाब संकलन गर्न स्थगित गरेकामा के गर्ने भन्ने विषयमा छलफल भइरहेको उनले बताए ।

समाचार वर्गहरू