बाजुरामा अलपत्र ६ बालबालिकाको उद्धार

17

काठमाडौं – आमाको निधन भएपछि अलपत्र परेका बाजुराको त्रिवेणी नगरपालिका– १ नेपाली टोलका ६ बालबालिकाको उद्धार भएको छ ।

काठमाडौंमा रहेको शान्ति सेवा गृहले ती बालबालिकाको पालनपोषण र शिक्षा दिने भनेर सोमबार उद्धार गरेर धनगढी पु¥याएको छ । उनिहरुलाई मंगलबार काठमाडौं ल्याउन लागेको छ ।

आमा आशा नेपालीको २७ वर्षकै उमेरमा निधन हुनुका साथै बुबा मन्नामे मानसिक समस्याले पीडित रहेको पाइएपछि बालबालिकाको उद्धार भएको बाजुराका पत्रकारसमेत रहेका सामाजिक अभियन्ता प्रकाश सिंहले बताए ।

‘६ जना बालबालिकाको शिक्षा र पालनपोषणको जिम्मा लिने गरी त्रिवेणी नगरपालिकासँग कागजात गरेर शान्ति सेवा गृहले उद्धार गरेको हो,’ उनले भने ।

आमा बितेपछि सुशीलाको दैनिकी भाइबहिनी, आठ वर्षीया सुमिता, ६ वर्षीया सोमिया, चार वर्षीय शिशिर, दुई वर्षीय सिभान र एकमहिने सृष्टिको रेखदेखमा बित्ने गरेको थियो ।

यि बालबालिका बिचल्ली भएको समाचार बाहिरिएपछी उनीहरुको उद्धारमा सरोकारवालाहरुको चासो बढेको हो ।

मध्यबिन्दु अनलाइन
WRITTEN BY

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं.
दर्ता न. १७८८/०७६-७७

समाचार वर्गहरू