काठमाडौं – बाढीग्रस्त मेलम्ची संरक्षण र पुनर्स्थापनामा स्थानिय सरकार मौन भएको पुर्व बिध्यार्थीहरूले निष्कर्ष निकालेका छन । साथै उनिहरूले मेलम्ची संरक्षण र पुनर्स्थापनामा सहयोग समेत गर्ने भएका छन । बाढी गएको महिनौ भईसक्दा पनि स्थानिय सरकारको मौनता भएको र मौनताले सिमा नाँघेको उनिहरूले निचोड निकालेका छन ।
ईन्द्रेस्वरी उच्च माबि मेलम्चीको २०४९ ब्याचले उक्त निचोड निकालेको हो । साथै ईन्द्रेस्वरी उच्च माबि मेलम्चीको २०४९ ब्याचले बाढिग्रस्त मेलम्चीलाई संरक्षण र पुनर्स्थापनामा अहोरात्र काम गरिरहेको सामुहिक प्रयासलाई सहयोग गर्ने प्रतीबद्वता समेत ब्यक्त गरेका छन ।
श्रावण ९ गते मेलम्ची गएर उनिहरूले सहयोग गर्ने भएका हुन । ९ गतेको कार्यक्रमलाई कसरी प्रभाबकारी बनाउने भन्ने सन्दर्भमा आज काठमाडौमा पुर्ब विद्यार्थीहरू बिच छलफल सम्पन्न भएको हो ।
छोटो समयमै आकस्मिक रुपमा तय भयको भेटघाट र प्रतिनिधिमुलक उपस्थितिले गरेको निर्णय र सहयोगको प्रतिबद्धताले थप उर्जा प्राप्त भएको र एउटा सकारात्मक प्रयासको शुरू भएको पुर्व बिधार्थी सागर श्रेष्ठले बताए ।
मेलम्ची तहसनहस हुँदा मेलम्चीमा धेरै प्रभाव परेको पुर्व बिधार्थी सरस्वती गिरिले बताईन । बाढीले बचाएको घरहरू जोगाउनको लागि पटक पटक मेलम्ची नगरपालिका लाई आग्रह गर्दा पनि नगरले बेवास्ता गरेको बैठकको निष्कर्ष थियो । स्थानिय सरकारले बेवास्ता गरेपछि आफ्नो बस्ती आफै जोगाउन लागि परेको सागर श्रेष्ठले बताए ।
काठमाण्डौमा भएको उक्त छलफलले विभिन्न निर्णयहरू गरेको छ ।
१, बाढिले दर्दनाक क्षति बनाएको मेलम्चीको पुनर्निर्माणमा काम गरिरहेको समुदायको प्रयासलाई प्रसंसा गर्दै यहि श्रावण ९ गते शनिवार मेलम्चीमा उपस्थितिका लागि सम्पुर्ण ईन्द्रेश्वरी उच्च माबिका एसएलसी ब्याच २०४९ को सबै पुर्ब विद्यार्थीहरूलाई सबै माध्यम बाट सम्पर्क र अपिल गर्ने निर्णय समेत उक्त छलफलले गरेको छ ।
२, श्रावण ९ गते मेलम्ची पुनर्निर्माणमा सहयोगार्थ उपस्थित हुने भेलालाई उपयोग गर्दै सोही अबसरमा पुर्ब विद्यार्थीहरुको एउटा समिति निर्माण हुनेछ ।
३, मेलम्ची पुनर्निर्माणको सहयोगार्थ संकलन भएको सम्पुर्ण रकमको कम्तीमा १०% रकम सोही भेलाले गठन गर्ने समितिको पुर्ब विद्यार्थी सहयोग कोषमा जम्मा हुनेछ ।
आज काठमाण्डौमा भएको छलफलमा उपस्थित पुर्व बिधार्थीहरूले मेलम्ची पुननिर्माणको लागि रकम सहयोग गर्ने प्रतिबद्धता समेत गरेका छन ।
प्रतिबद्धता भएको रकम र नाम यस प्रकार छ ।
१ , यमनाथ चालिसे रु, ५००००
२ , राजकिशोर श्रेष्ठ रु ,५००००
३ , सागर कुमार श्रेष्ठ रु, ३००००
४ , बिदुर कंडेल रु, ३००००
५ , धरेन श्रेष्ठ रु, २५०००
६ , नवराज गिरि रु, २००००
७ , भिम्सेन सापकोटा रु, २००००
८ , बिनिता श्रेष्ठ रु, २५०००
९ , दमन कुमार श्रेष्ठ रु, २००००
१० , राजकुमार डंगोल रु ,२००००
११ , बिश्नु लाल श्रेष्ठ रु,१५०००
१२ , रिकेश श्रेष्ठ रु, १५०००
१३ , मन्जु भट्टराई रु, १००००
१४ , भरत अधिकारी रु, १००००
१५ , अर्बिन्द्र श्रेष्ठ रु,१००००
१६ , प्रेम श्रेष्ठ रु, १००००
१७,मन्जु खड्का इजरायल रु, १००००
१८ , कुमार सापकोटा रु, १००००
१९ , सुरेश श्रेष्ठ रु, ५०००
२० , सावित्री खड्का रु , ५०००
२१ , गोपिनी गिरि रु, ५०००
२२ , सरस्वती गिरि रु ५०००
२३, अशोक केसि रु, ५०००
२४ , रेनुका श्रेष्ठ रु, ५०००