काठमाडौं – तिनदिनको लगातार वर्षापछि आएको बाढी, पहिरो र डुबानमा परी मृत्यु हुनेको सङ्ख्या १०२ पुगेको छ।
सशस्त्र प्रहरी बल नेपालका अनुसार बाढी, पहिरो र डुबानमा परी देशभर ६४ जना बेपत्ता रहेका छन् भने ४५ जना घाइते भएका छन्।
यस क्रममा सबैभन्दा धेरै काठमाडौँ उपत्यकामा ४८ जनाको मृत्यु भएको छ भने २१ जना बेपत्ता रहेको सशस्त्र प्रहरी बल नेपालका सहायक प्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए ।
थापाका अनुसार हालसम्म कोशी प्रदेशमा १५ र मधेश प्रदेशमा २, बागतमी प्रदेशमा ३७ जनाको मृत्यु भएको छ।