काठमाडौं – पूर्व-प्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका वरिष्ठ नेता डा. बाबुराम भट्टराईले राष्ट्रपतिदेखि शिक्षकसम्मको तलब-भत्ता रोक्न प्रस्ताव गरेका छन् । आइतबार सामाजिक सञ्जाल फेसबुकमा एक भाेकाे बालककाे तस्वीर राख्दै उनले उक्त कुरा उल्लेख गरेका हुन् ।
अहिले कोरोना महामारीका कारण सरकारले लाखाैँ जनताकाे गाँसबासकाे पर्वाहै नगरी निषेधाज्ञा र लकडाउन गरिरहेकाे भन्दै भट्टराईले धेरैकाे राेजीराेटी खाेसिएकाे र आमजनता जीवन-मरणको लडाईमा रहेको बताएका छन् । भट्टराईले राज्यकोषबाट तलब खाने राष्ट्रपति, प्रधानमन्त्री, मन्त्रीदेखि कर्मचारी र शिक्षकको तलब रोक्नुपर्ने भन्दै लेखेका छन् – ‘आम जनता जीवनमरणको यो गम्भीर अवस्था नबुझ्नेहरुको घैंटोमा घाम लगाउन राज्यकोषबाट तलब खाने राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री, न्यायाधीश, सांसद, कर्मचारी, शिक्षक लगायत सबैको तलबभत्ता पनि रोक्ने हो कि ?’
‘पचासौं लाख अनौपचारिक क्षेत्रमा काम गर्ने र स्वरोजगार श्रमिक तथा गरीबीको रेखामुनि रहेका परिवारको दैनिक गुजाराको वैकल्पिक व्यवस्था नगरी सरकारले अनन्तकालसम्म लकडाउन र कर्फयू लगाउँदै जानु कति उपयुक्त हो ?’ उनको प्रश्न छ, ‘काेराेनाबाट बचे पनि भाेकले मर्ने स्थिति आउनु कति डरलाग्दाे कुरा हाे ?’