एउटै मञ्चमा सँगै बसेका बाबुरामले प्रचण्डसँग हात मिलाउन नमानेपछी…

132
फाइल फोटो

काठमाडौं – २०५२ सालमा ‘जनयुद्ध’ सँगै हाँकेका दुई नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ र डा. बाबुराम भट्टराई एक अर्कामा दुश्मन जस्ता देखिन थालेका छन् ।

कलाकार मरिचमान श्रेष्ठ (बल्छी धुर्बे) को टेलिचलचित्र  ‘राधाकृष्ण’को प्रिमियर सो मा लामो समयपछि एउटै मञ्चमा देखिएका दुई नेताले हात सम्म नमिलाएपछी शत्रुताको थप पुष्टी भएको हो ।

जनयुद्धको घटनामा आधारित टेलिचलचित्र बनाएका कारण मरिचमानले प्रचण्ड र बाबुरामलाई अतिथिका रूपमा बोलाएका थिए। अहिले दुवै पूर्वप्रधानमन्त्री अलगअलग दलमा छन्। प्रचण्ड माओवादीकै अध्यक्ष छन् भने भट्टराई नेपाल समाजवादी पार्टीका संयोजक छन्।

तोकिएको समयभन्दा ढिलो कार्यक्रम हुँदा लामो समय प्रचण्डलाई कुर्नुपरेकोले बाबुरामको मुहारमा रिसाइरहेको भाव झल्किएको देखिन्थ्यो। कलाकार बल्छी धुर्बेले ढिला भएकोमा बाबुरामसँग माफी पनि मागे।

साँझ सवा पाँच बजे मात्रै प्रचण्ड मण्डला थियटर पुगेका थिए भने बाबुराम दुई बजेदेखी कुरेर बसेका थिए। अगाडिको पंक्तिमा राखिएको कुर्सीमा प्रचण्ड र बाबुराम सँगै बसे पनि उनीहरूको बसाइ ‘मित्रपछिको दुश्मन’ जस्तो देखिन्थ्यो।

कार्क्रमको सुरुमा राष्ट्रियगान गाउने काम सकिएपछी दुईजना बस्न लागेका बेला प्रचण्डले बाबुरामसँग हात मिलाउन हात अगाडि बढाए बाबुरामले भने हात दिएनन्। उक्त दृश्य देख्दा बाबुरामको प्रचण्डसँगबीच दूरी  निकै फराकिलो हुँदै गएको स्पष्ट बुझ्न सकिन्थ्यो।

गत आमनिर्वाचन (२०७९) मा बाबुरामले गोरखा-२ आफ्नै क्षेत्रमा लगेर प्रचण्डलाई चुनाव जिताएका थिए। चुनाव जितेपछि प्रचण्डले आफूलाई धोका दिएको आरोप बाबुरामले लगाउँदै आएका छन्।

समाचार वर्गहरू