बाबुरामले शेयर गरे ओलीको गिनिज बूक रेकर्ड

10
फाइल फोटो

काठमाडौं – जनता समाजवादी पार्टी (जसपा) नेपालका संघीय परिषद् अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीका गिनिज बुक रेकर्ड साझा गरेका छन् ।

बुधबार मात्रै ओलीले गिनिज बुक आधा त आफूहरुले गरेको कामले भरिने अभिव्यक्ति दिएपछि बाबुरामले व्यंग्यात्मक रुपमा चित्रण गर्दै ओलीका गिनिज बुक भन्दै सामाजिक सञ्जालमार्फत् भन्दै पाँच वटा बुँदा उल्लेख गरेका हुन् ।

उनले ट्वीटरमा लेखेका छन्-“ओलीको गिनिज बूक रेकर्ड- १. २/२पटक असंवैधिक ढंगले संसद विघटन र अदालतबाट पुनर्स्थापना; २.संघमा२/३बहुमतको सरकार र ६वटा प्रदेश सरकार गुमाएर सडकमा ३.सरकारी निवासमा विदेशी गुप्तचरसंग घण्टौं कानेखुसी ४.मुखमा कम्युनिष्ट मनमा ठोरीवाला राम ५.हावादारी गफ र उखान टुक्कामा ताली लाउने अरिंगाल सेना !”

समाचार वर्गहरू