बारपाकमा नवनिर्मित प्रहरी चौकी भवनको उद्घाटन

17

(गोरखा) –  गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रमुख प्रहरी नायव महानिरीक्षक विनोद शर्मा घिमिरेले गोरखा बारपाक सुलिकोट गाउँपालिका १ स्थित प्रहरी चौकी बारपाकको नवनिर्मित भवनको सोमबार उद्घाटन गरेका छन् ।

उद्घाटन कार्यक्रममा प्रहरी नायव महानिरीक्षक घिमिरेले कुनै पनि प्रहरी कार्यालय आमनागरिकको आस्था र भरोसाको केन्द्र समेत भएको बताए । नेपाल प्रहरीप्रति आमनागरिकको विश्वास एवम् भरोसा अनुरुप सांगठनिक शुद्धिकरण र सुदृढिकरण गर्दै थप परिष्कृत एवम् जनलक्षित प्रहरी सेवा प्रवाह गर्दै आइरहेको उनले बताए ।

समाजमा शान्ति सुरक्षा तथा अमनचयन कायम गर्न सबै निकायहरुको भूमिका समेट्ने हेतूले लागू गरिएको समुदाय प्रहरी साझेदारी कार्यक्रमको मुल मर्म अनुरुप नै सबै सरोकारवाला निकायहरु एकजुट भएर लाग्नुपर्नेमा उनले जोड दिए ।

कार्यक्रममा बारपाक सुलिकोट गाउँपालिकाका प्रमुख विष्णु प्रसाद भट्टले गाउँस्तरमा उक्त सुविधा सम्पन्न प्रहरी भवनको निर्माण हुनु सबैका लागि गर्वको विषय भएको बताउँदै प्रहरी सफल भएमात्रै समाज सुदृढ र समुन्नत हुने हुँदा सबैले प्रहरीप्रति आत्मियता देखाउनुपर्ने बताए ।

नेपाल प्रहरीका भौतिक संरचनाहरुको पुनर्निर्माण गर्ने क्रममा सरकार र राष्ट्रिय पुनर्निर्माण प्राधिकरण कोषबीच सम्झौता भई कुल १ करोड ४५ लाख ५२ हजार ९ सय ८७ रुपैयाँ २९ पैसाको लागतमा उक्त चौकीको कार्यालय तथा व्यारेक भवन, मेश र शौचालयको निर्माण कार्य सम्पन्न गरेको हो ।

समाचार वर्गहरू