(बारा) – बाराकाे बारागढी गाउँपालिका वडा नम्बरकाे अध्यक्षमा समाजवादीका सुरेश यादवले विजयी भएका छन् । शनिबार सम्पन्न उपनिर्वाचनमा ७४९ मत ल्याएर यादव वियजी भएका हुन् ।
उनका प्रतिद्वन्दी नेकपाका शंकर चाैधरीले ६७२ मत ल्याए । नेपाली काँग्रेसका तस्विरिया थरूनीले ४७१ मत ल्याइन ।
वडाका नेपाली काँग्रेसबाट विजयी नन्दलाल थारूकाे मृत्यु भएपछि उपनिर्वाचन भएकाे हाे । नन्दलालकाे मृत्युपछि काँग्रेसले उनकी पत्नी तिस्विरियालाई उम्मेदवार बनाएकाे थियाे ।