बारा–२ को उपनिर्वाचनमा एमालेले पौडेललाई उठाउने

10

काठमाडौं – नेकपा एमालेले बारा– २ को उपनिर्वाचनका लागि उम्मेदवार टुंग्याएको छ । पार्टी सचिवालय बैठकले पूर्वमन्त्री तथा पोलिटब्युरो सदस्य पुरुषोत्तम पौडेलको नाम उम्मेदवारका रूपमा टुंग्याएको हो ।

०५१ सालमा संसद् र दोस्रो संविधानसभाका सदस्य भएका पौडेल २०७० सालमा  युवा तथा खेलकुदमन्त्री बनेका थिए ।

यसअघि बारा-२ बाट एमालेको सहयोगमा जसपाका रामसहायप्रसाद यादव निर्वाचित भएका थिए । जसपा संसदीय दलको नेता बनेका उनलाई उपराष्ट्रपति बनाएर जसपा अध्यक्ष आफैं त्यही क्षेत्रबाट चुनाव लडेर संसद् छिर्ने दाउमा छन् ।

बारा -२ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित रामसहायप्रसाद यादव उपराष्ट्रपति निर्वाचित भएपछि उपनिर्वाचन हुन लागेको हो ।

प्रतिनिधिसभाको बारा निर्वाचन क्षेत्र नम्बर- २ मा लोकतान्त्रिक समाजवादी पार्टी जसपाका उम्मेदवारलाई सघाउने भएको छ । यो क्षेत्रमा कांग्रेस, माओवादी केन्द्रलगायतका सत्तारुढ दलहरूले पनि यादवलाई नै सघाउने निर्णय गरिसकेका छन् ।

मध्यबिन्दु अनलाइन
WRITTEN BY

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं.
दर्ता न. १७८८/०७६-७७

समाचार वर्गहरू