बालकृष्ण पक्राउ परेपछि उनकी श्रीमती मञ्जु सम्पर्कविहीन

6

काठमाडौं – पूर्वगृहमन्त्री बालकृष्ण खाँण पक्राउ परेपछि उनकी पत्नी मञ्जु खाँण सम्पर्कविहीन भएकी छन्।  नेपाली कांग्रेसका केन्द्रीय सदस्यसमेत रहेका खाँण पक्राउ परेको पाँच घण्टा बित्दा पनि मञ्जु सम्पर्कमा नआएकी हुन् ।

प्रहरील बालकृष्णलाई आज (बुधबार) बिहान चाबहिलको मैजुबहालस्थिन निवासबाट पक्राउ गरेका हुन् । उनलाई पक्राउ गर्न प्रहरी पुग्दा मञ्जु घरमा थिइनन् । त्यसबखत बालकृष्ण र उनका सहयोगी नरेन्द्र केसी मात्रै घरमा थिए ।

अहिले मञ्जुको मोबाइल फोनसमेत अफ भएको छ । उनी सम्पर्कविहीन भइरहँदा प्रतिनिधिसभामा सरकारका नीति तथा सिद्धान्तमाथि छलफल चलिरहेको छ।

आरजु र मञ्जुलाई साढे ८ करोड बुझाएको अडिओ जाहेरवालाले प्रहरीलाई दिएका थिए । नक्कली शरणार्थी प्रकरणमा मञ्जुले पनि साढे ६ करोड रुपैयाँ बिचौलियाबाट लिएको अडिओ केही दिनअघि सार्वजनिक भएको थियो।

मध्यबिन्दु अनलाइन
WRITTEN BY

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं.
दर्ता न. १७८८/०७६-७७

समाचार वर्गहरू