(हेटाैंडा) – आश्रममा पुगेकी १४ वर्षीया बालिकालाई बलात्कार गरेको ठहर गदै मकवानपुर अदालतले ४३ वर्षीय सर्वेज्ञ आचार्यलाई १८ वर्षको कैद फैसला गरेको छ ।
न्यायाधीश सीता शर्मा अधिकारीको एकल इजलासले मनहरी गाउँपालिका-९ रजैयास्थित आश्रमका ४३ वर्षीय आचार्यलाई दोषी ठहर गदै यस्तो फैसला गरेको हो ।
झारफुक गर्न आएकी बालिकालाई आचार्यले आश्रममा नै बलात्कार गरेका थिए । आचार्य अहिले क्षेत्रीय कारागार भीमफेदीमा छन् ।
यसैबीच, जिल्ला अदालत मकवानपुरले लागूऔषध मुद्धामा कुमार भनिने राजकुमार मोक्तानलाई दोषी ठहर गदै ५ वर्ष कैद हुने फैसला गरेको छ ।