बालुवाटारमा एक घण्टादेखि प्रधानमन्त्रीको पर्खाइमा शिक्षक

133

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न बालुवाटार पुगेका शिक्षक नेताहरू एक घण्टादेखि प्रधानमन्त्रीलाई कुरिरहेका छन्।

आन्दोलनरत नेपाल शिक्षक महासंघ र प्रधानमन्त्री केपी शर्मा ओलीसँग वार्ता गर्न शिक्षक नेताहरु वालुवाटार पुगेका हुन् । साँझ ७ बजे वार्ताकोलागि बोलाइएपनि यो समाचार तयार पार्दासम्म वार्ता सुरु नभएको वालुवाटार पुगेका एक शिक्षकले बताए ।

यसअघी शिक्षा मन्त्रालयले पटक पटक वार्ताको आह्वान गरेपनि प्रधानमन्त्रीसँग मात्रै वार्ता गर्ने महासंघको अडान अनुसार आज प्रधानमन्त्री ओलीले शिक्षकहरुलाई वार्तामा बोलाएका हुन् ।

नेपाल शिक्षक महासंघको आह्वानमा देशभरका शिक्षकहरू दुई सातादेखि काठमाडौँ केन्द्रित आन्दोलनमा छन्। चैत २० देखि काठमाडौँ केन्द्रित आन्दोलन थालेका शिक्षकहरूले चैत २५ देखि अनिश्चितकालीन शैक्षिक हड्ताल गरिरहेका छन्।

विद्यालय शिक्षा ऐन नलिइकन घर नफर्कने आन्दोलनरत शिक्षकहरूले बताइरहेका छन्।

 

समाचार वर्गहरू