बालेन नेतृत्व सरकारमा १५ जना मन्त्री नियुक्त (सूची सहित)

9

काठमाडौं । प्रधानमन्त्रीमा बालेन्द्र साह नियुक्ती भएसंगै उनले आफ्नो मन्त्रिपरिषद्‌का सदस्यहरूको समेत अन्तिम टुंगो लगाएका छन् । हालसम्म प्राप्त जानकारीअनुसार विवादीत व्यक्ती सुधन गुरुङलाई गृहमन्त्री बनाइएको छ । यस्तै स्वर्णिम वाग्लेलाई अर्थ मन्त्रालयको जिम्मेवारी दिने तयारी छ । परराष्ट्र मन्त्रालय भने शिशिर खनाललाई दिने टुंगो लागेको छ ।

यस्तै सोविता गौतम कानुनमन्त्री, विराजभक्त श्रेष्ठ ऊर्जामन्त्री, अमरेशकुमार सिंह उद्योगमन्त्री, प्रतिभा रावल सामान्य प्रशासनमन्त्री, गीता चौधरी कृषिमन्त्री, विक्रम तिमल्सिना सञ्चारमन्त्री, दीपक साह श्रममन्त्री, सस्मित पोखरेल शिक्षामन्त्री, खडक पौडेल पर्यटनमन्त्री, सीता वादी महिला तथा बालबालिकामन्त्री र निशा मेहता स्वास्थ्य तथा जनसंख्यामन्त्री बनाईएको छ । प्राप्त विवरणमा मन्त्रीको नाम हेरफेर हुन सक्ने समेत रास्वपाले जनाएको छ ।

बालेन नेतृत्व सरकारका १५ जना मन्त्रीहरूको नाम

बालेन्द्र साह : प्रधानमन्त्री

स्वर्णिम वाग्ले : अर्थमन्त्री

सोविता गौतम : कानूनमन्त्री

शिशिर खनाल,परराष्ट्रमन्त्री

विराजभक्त श्रेष्ठ : उर्जामन्त्री

सुधन गुरुङ : गृहमन्त्री

अमरेश कुमार सिंह : उद्योग मन्त्री

प्रतिभा रावल : संघीय मामिला तथा सामान्य प्रशासन :

गीता चौधरी : कृषि मन्त्री

विक्रम तिमल्सिना : सञ्चारमन्त्री

दिपक साह : श्रम मन्त्री

सस्मित पोखरेल : शिक्षा मन्त्री

खडक पौडेल : पर्यटनमन्त्री

सुनिल लम्साल : भौतिक पूर्वाधारमन्त्री

सीता वादी : महिला बालबालिका मन्त्री

निशा मेहता : स्वास्थ्य तथा जनसंख्या मन्त्री

समाचार वर्गहरू