काठमाडौं – पूर्वप्रधानन्यायाधीश अनिरुद्धप्रसाद सिंहको निधनमा बिहीबार एकदिन मुलुकभरका अदालत शोक बिदाका रुपमा बन्द हुने भएका छन् ।
सर्वोच्च अदालतको बुधबार बसेको आकस्मिक पूर्ण बैठकले सिंहको निधनप्रति दु:ख व्यक्त गर्दै सर्वोच्च अदालतसहित मुलुकभरका उच्च अदालत, जिल्ला अदालत, विशेष अदालत र न्यायाधीकरणहरु भोलि शोक बिदाका रुपमा वन्द गर्ने निर्णय गरेको हो ।
बैठकपछि जारी विज्ञप्तिमा सिंहको निधनबाट राष्ट्रले एउटा सच्चा राष्ट्रप्रेमी र न्यायिक व्यक्तित्व गुमाएको उल्लेख छ । उनकै कार्यकालमा सुरु भएको नेपाल कानून पत्रिकाको प्रकाशनले आजसम्म पनि निरन्तरता पाएको छ ।
सप्तरीमा १९७६ सालमा जन्मिएका सिंहले ३७ वर्ष कै उमेरमा २०१३ साल जेठ ८ गते प्रधानन्यायाधीश नियुक्त भई २०१६ साल असार १५ गतेसम्म काम गर्नुभएको थियो । उनको हिजो साँझ निधन भएको हो ।