काठमाडौं – नेकपा एमालेले बुटवल उपमहानगरपालिकाको मेयरमा बाबुराम भट्टराईलाई उम्मेदवार बनाउने निर्णय गरेको छ।
शनिबार सम्पन्न पार्टीको केन्द्रीय सचिवालय बैठकले पार्टीका पूर्व केन्द्रीय स्वास्थ्य विभाग सदस्य रहेका भट्टराईलाई मेयर र पार्टी केन्द्रीय सदस्य सावित्रा अर्याललाई उपमेयर उठाउने निर्णय गरेको हो।
नेपाल औषधि व्यवसायी संघका पूर्वराष्ट्रिय अध्यक्ष भट्टराईले पार्टीको केन्द्रीय स्वास्थ्य विभागमा रहेर पनि काम गरेका थिए।
भट्टराईले तत्कालीन लुम्बिनी अञ्चल अस्पतालको अध्यक्ष समेत भएर काम गरेका थिए। लामो समय उनले उद्योग, व्यवसाय क्षेत्रमा रहेर काम गरे भने पार्टीको जिल्ला कमिटी सदस्य हुँदै हाल प्रदेश कमिटी सदस्य छन्।