बुटवलको कोरोना अस्पतालमा २ संक्रमितको मृत्यु

24

रुपन्देही – बुटवलस्थित धागो कारखानामा सञ्चालित कोरोना विशेष अस्पतालमा उपचाररत २ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

कोरोना विशेष अस्पतालमा उपचाररत बुटवल उपमहानगरपालिका–१० का ७९ वर्षीय वृद्धको शनिबार बिहान सवा ७ बजे मृत्यु भएको हो ।

असोज १० गते कोरोना पुष्टि भएपछि बुटवलका वृद्धलाई १३ दिनसम्म भेन्टिलेटरमा राखी उपचार गरिएको थियो । उनलाई निमोनिया र मिर्गौलामा समस्या देखिएको अस्पतालका फोकल पर्सन डा. सुदर्शन थापाले बताए ।

यस्तै,, शुद्धोधन गाउँपालिका ६ का ५७ वर्षीय पुरुषको शुक्रबार साँझ पौने ५ बजे मृत्यु भएको थियो । असोज १९ गते स्वास्थ्यमा समस्या आएपछि पीसीआर परीक्षण गराउँदा पोजिटिभ आएपछि अस्पतालमा भर्ना गरिएको थियो ।

दुई दिनसम्म भेन्टिलेटरमा राखी उपचार गरिएका ती व्यक्तिमा क्षयरोगको समस्या पनि रहेको डा. थापाले बताए । योसँगै बुटवल कोरोना अस्पतालमा मृत्यु हुनेको संख्या २७ पुगेको छ ।

समाचार वर्गहरू