रुपन्देही – बुटवलस्थित कोरोना विशेष अस्पतालमा उपचाररत थप एक जना संक्रतिको मृत्यु भएको छ । तिलोत्तमा नगरपालिका–२ का ६७ वर्षीय पुरुषको शुक्रबार बिहान मृत्यु भएको हो ।
६७ वर्षीय पुरुषको बिहान ७:१५ बजे मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका कोरोना फोकल पर्सन डा. सुदर्शन थापाले बताए । उनी गत असोज २१ गते कोरोना संक्रमण पुष्टि भएर अस्पताल भर्ना भएका थिए ।
चार दिनसम्म आइसोलेसन वार्डमा राखेर उपचार गरिए पनि स्वास्थ्यमा समस्या आएपछि २५ गते उनलाई आईसीयू कक्षमा सारिएको थियो ।
आईसीयू कक्षमा भेन्टिलेटरको सहायतामा उपचार गरिए पनि उनलाई बचाउन नसकिएको डा. गौतमले बताए । उनमा रगतमा समस्या भए पनि अन्य दीर्घरोग नभएको डा. थापाले बताए ।