रुपन्देही – बुटवलस्थित कोरोना विशेष अस्पतालमा उपचाररत एक कोरोना संक्रमित महिलाको मृत्यु भएको छ ।
भेन्टिलेटरको सहायतामा आईसीयूमा उपचाररत बुटवल उपमहानगरपालिका-११ की ४१ वर्षीया महिलाको मंगलबार बिहान मृत्यु भएको हो । उनी मधुमेहको दीर्घरोगी थिइन् ।
सोमबार कोरोना संक्रमण पुष्टि भएपछि अस्पताल भर्ना भएकी उनको उचारको क्रममा मंगलबार बिहान सवा ५ बजे मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले जानकारी दिए ।