बुटवल बिहीबारदेखि ५ भदौसम्म लकडाउन

26

बुटवल – समुदाय स्तरमा कोरोना भाईरसको संक्रमण बढ्दै गएपछि रुपन्देहीको बुटवल उपमहानगरपालिकाले एक साताका लागि लकडाउन गर्ने निर्णय गरेको छ ।

प्रकोप व्यवस्थापन समिति बुटवलको बुधबार बसेको आकस्मिक बैठकले बिहीबार रातिदेखि बुटवलमा कडाईका साथ लकडाउन गर्ने निर्णय गरेको हो ।

पछिल्लो समय बजार खुल्ला भएसगै मानिसहरुको भिडभाड र चहलपहल बढेको छ । उपमहानगरप्रमुख शिवराज सुवेदीले पटक पटक आग्रह गरेपनि नागरिकले सामान्य सर्तकता पनि नअपनाएपछि लकडाउन गर्ने निर्णय गरेको बताए ।

आकस्मिक आउजाउ गर्न बाहिर जान र बुटवल आउनका लागि बिहीबार राति १२ बजेसम्म समय दिइएको उनको भनाइ छ ।

लकडाउनमा अत्याआवश्यक बाहेक अरु सबै ठप्प हुने बताइएको छ । उपमहानगरले अघिल्लो साता हाटबजार लगायतका बढी भिडभाड हुने क्षेत्र बन्द गर्ने निर्णय गरेको थियो ।

समाचार वर्गहरू