रुपन्देही – बुटववलस्थित कोरोना विशेष अस्पतालमा उपचाररत थप एक कोरोना संक्रमितको मृत्यु भएको छ । तिलोत्तमा नगरपालिका-७ का ७५ वर्षीय वृद्धको शनिबार बिहान मृत्यु भएको हो ।
उनमा कात्तिक ५ गते कोरोना संक्रमण पुष्टि भएको थियो । संक्रमण पुष्टि भएपछि अस्पताल भर्ना भएका ती पुरुषको उपचारका क्रममा शनिबार बिहान मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका प्रवक्ता डा. विष्णु गौतमले बताए ।
उनी फोक्सोका दीर्घ रोगी थिए । यससँगै रूपन्देहीमा कोरोनाले मृत्यु हुनेको संख्या ६२ पुगेको छ ।