(काठमाडौं) – बुढानिलकण्ठ नगरपालिकाले वडा नं १० ,११ र १२ मा पर्ने कपन क्षेत्र सिल गर्ने निर्णय गरेको छ । २०७७ शाल जेष्ठ ५ गते सोमवार मध्यरात देखि उक्त क्षेत्र शिल गर्ने निर्णय गरिएको हो ।
बुढानिलकण्ठ नगरपालिकाका प्रमुख उद्दव खरेल र नगर स्वास्थ्य शाखा प्रमुख कुमार दाहालको उपस्थितिमा वडा नं १० ,११ र १२ का अध्यक्ष तथा जनप्रतिनिधिहरुको संयुक्त बैठकले उक्त निर्णय गरेको हो।
बुढानिलकण्ठ नगरपालिका वडा नं १२ तेन्जिंग चोककी एक १८ बर्षिय युवतीमा कोरोना संक्रमण देखिए संगै उक्त क्षेत्रको सुरक्षाका लागि उक्त निर्णय गरिएको वडा नं १२ ले एक बिज्ञप्ति जारि गर्दै जानकारी दिएको छ।
वडा नं १२ का अध्यक्ष शम्भु भट्टराईले शिल भएको अवधिमा स्थानीय टोल विकास समितिहरु संग समन्वय गरि आपतकालीन सेवाको व्यवस्था मिलाउने जानकारी दिएका छन।
त्यस्तै वडा अध्यक्ष भट्टराईले आजै बाट तेन्जिंग चोक देखि फैका चोक सम्मको क्षेत्र शिल गरिएको र भोलि मध्यरात बाट कपन क्षेत्र नै शिल गर्ने निर्णय गरिएको बताउदै शिल हुने अवधिका लागि आवस्यक तयारी गर्नका लागि वडा वासिमा आग्रह गरेका छन ।