काठमाडौं – सिन्धुपाल्चोकको ईन्द्रावती गाउँपालिका १० स्थित बुढिचौरमा जापान एसियन एसोसियसन एन्ड एसियन फ्रेन्डसिप सोसाईटि (ज्याफ्स) द्वारा नव निर्मित बुढिचौर सामुदायिक भवन समुदाय स्तरमा हस्तान्तरण भएको छ ।
मंगलबार बुढिचौरमा आयोजित एक कार्यक्रममा जापानीज राजदुत श्री किकुता युतकाले उक्त भवन उद्घाटन तथा हस्तानतरण गरेका हुन् । भवन हस्तान्तरण गर्दै राजदुत युतकाले नेपाली समुदायले देखाएको उत्साहको प्रशंसा गर्दै आगामी दिनमा पर्यटन कृषी खानेपानि लगायतका क्षेत्रमा गर्दै आएको सहयोगलाई निरन्तरता दिने प्रतिवद्धता जनाएका थिए ।
ज्याफ्सले इन्द्रावती गापामा खानेपानी लिफ्टीङ, भुकम्पको बेलामा राहत उद्धार तथा अस्थायी आवास, कृषि, पर्यटन, शिक्षा लगायतका क्षेत्रमा विगत लामो समयदेखी काम गर्दै आएको उल्लेख गर्दै राजदुत युतकाले स्थानिय समुदाय तथा स्थानिय सरकारको निर्नतर साथ र सहयोगको अपेक्षा गरेको बताए ।
कार्यक्रमका विशेष अतिथी इन्द्रावती गाउँपालीका अध्यक्ष झम्कनाथ नेपालले सहयोगी संस्था ज्याफ्सलाई धन्यवाद दिँदै स्थानिय सरकारले गर्नुपर्ने सहयोगमा कुनै कमी नहुने बताए । यस्ता कार्यक्रमहरु जि टु जी अन्तर्गत संचालन गर्नकालागी सम्बन्धीत निकायलाई अनुरोध गर्ने उनको भनाई थियो ।
लामो समयदेखी ज्याफ्ससँग समन्वय गरिरहेका इन्द्रावती १० का पुर्व वडाध्यक्ष जिवनकुमार थापामगरले अब ज्याफ्स लगायत सबै संघ संस्थाका सामाजिक कार्यहरु नव निर्मित सामुदायीक भवनबाट सञ्चालन हुने बताए ।
कार्यक्रममा स्थानीय जनप्रतिनीधी सहयोगी संस्थाका प्रतिनिधी अन्य संघ संस्थाका प्रतिनिधी समाजसेवी लगायत स्थानियहरुको भव्य उपस्थिती रहेको इन्द्रावती १० का वडाध्यक्ष रामचन्द्र घिमिरेले जानकारी दिए ।