बुद्ध एयरमा भरतपुर बाट काठमाडौं एक्लै उडे देव जैशी

332
बुद्ध एयरमा एक्ला यात्री देव जैसी। तस्बिर स्राेत : बुद्भ एयर

काठमाडौं – बुद्ध एयरले एक्लो यात्री बोकेर भरतपुरबाट काठमाडौँ आएको छ। बुद्ध एयर बिहीबार चितवन मेडिकल कलेजमा कार्यरत चिकित्सक देव जैसी मात्रै बोकेर भरतपुरबाट काठमाडौँ आएको हो।

बुद्ध एयरले जनाएअनुसार जैसीको १४ नोभेम्बरमा भरतपुरबाट काठमाडौँका लागि अन्तिम उडानको टिकट थियो। अन्तिम उडानका अरू यात्रुहरूलाई अघिल्लो उडानमा पठाइएको थियो। सिट भरिसकेपछि जैसी एक्लैलाई अन्तिम उडानमा काठमाडौँ पठाइएको बुद्ध एयरले जनाएको छ।

बुद्ध एयरका प्रवक्ता दीपेन्द्र कर्णले आफूहरू व्यवसायिक उडानप्रति प्रतिबद्ध भएकाले यात्रुको संख्याले फरक नपार्ने बताए। यात्रुलाई सुरक्षित गन्तव्यसम्म पुर्‍याउनतर्फ बुद्ध एयर प्रतिबद्ध रहेको कर्णको भनाइ छ।

समाचार वर्गहरू