बुर्किना फासोमा आतंकवादी हमला हुँदा ३५ सर्वसाधारणको मृत्यु

24

एजेन्सी – उत्तरी बुर्किना फासोको सौम प्रान्तको अर्बिन्दमा आतंककारी आक्रमणमा परी कम्तीमा ३५ सर्वसाधारण मारिएका छन् । राष्ट्रपति रोच मार्क क्रिस्टीयन काबोरका अनुसार स्थानिय समयअनुसार मंगलबार बिहानै जिहादीहरुको एउटा ठूलो समूहले आक्रमण गरेका हुन् ।

त्यहाँका सञ्चारमन्त्री तथा सरकारका प्रवक्ता रेमिस डान्डजीमौले मृत्यु भएका मध्ये ३१ जना महिला रहेको पुिष्ट गरेका छन् ।
घटनाको अहिलेसम्म कुनै पनि समूहले जिम्मेबारी लिएको छैन ।

बुर्किना फासोमा यस्ता आक्रमणका घटना बारम्बार हुने गरेको छ । आक्रमणमा ठूलो संख्यामा सर्वसाधारण मारिएपछि त्यहाँ दुई दिन राष्ट्रिय शोकको घोषणा गरिएको छ ।

मध्यबिन्दु अनलाइन
WRITTEN BY

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं.
दर्ता न. १७८८/०७६-७७

समाचार वर्गहरू