बेरोजगार जनशक्ती उत्पादन गर्ने विश्वविद्यालय बन्द गरौँ – डा. चन्द्र भण्डारी

4

काठमाडौँ – नेपाली कांग्रेसका सांसद डा. चन्द्रकान्त भण्डारीले नेपालको शिक्षा समायानुकुल नभएको बताएका छन्।

बुधबार सिंहदरबारमा बसेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै उनले प्राथमिक शिक्षा, क्याम्पस शिक्षा र उच्च शिक्षा गरी तीन क्षेत्रमै नेपालमा चुनौती रहेको भन्दै समयानुसार पाठ्यक्रमको विकास गर्नुपर्नेमा जोड दिए।

उनले नेपालका लागि र नेपालीका लागि योग्य जनशक्ति उत्पादन गर्न असक्षम भएको बताएका हुन्। नेपालको शिक्षा नीति अरुको लागि उत्पादन गरिदिने थलो मात्रै भएको बताउँदै भण्डारीले नेपालको समयानुकुल शिक्षा नीति नहुँदा विद्यार्थीहरु विदेश पलायन भइरहेको उल्लेख गरे।

उनले विश्वविद्यालय बेरोजगार उत्पादनको केन्द्र बनिरहने हो भने विश्वविद्यालय सञ्चालन भइरहनुको अर्थ नरहेको जिकिर गरे। उनले नतिजा समयमा ननिस्किने, परीक्षा समयमा नहुने, पाठ्यपुस्तक समयमा नै विद्यार्थीले नपाउनेलगायतका समस्या अहिले पनि विद्यमान रहेको बताए।

बैठमा बोल्दै उनले भने ‘विश्वविद्यालयथ बन्द गरौँ, किन तलब ख्वाएर राख्ने, बेरोजगारीको थुप्रो उत्पादन गर्ने विश्वविद्यालय किन चाहियो? यो मैले ७ वर्षअघि भनेको हो, अझै पनि त्यही छ।’

मध्यबिन्दु अनलाइन
WRITTEN BY

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं.
दर्ता न. १७८८/०७६-७७

समाचार वर्गहरू