बेलायतमा आमनिर्वाचन हुँदै

32

एजेन्सी – बेलायतमा बिहीबार आमनिर्वाचन अन्तर्गत मतदान हुँदैछ । पहिलो हुने निर्वाचित हुने प्रणाली अन्तर्गत हुने मतदानबाट यहाँका ६५० संसदीय क्षेत्रका प्रतिनिधिको चयन हुनेछ ।

यस निर्वाचनबाट इंग्ल्याण्ड, वेल्स, स्कटल्याण्ड र उत्तरी आयरल्याण्डबाट प्रतिनिधि चुनिने छन् ।

बेलायतमा सामान्यतया हरेक चार या पाँच वर्षमा आमनिर्वाचन हुने गर्छ । तर राजनीतिक अस्थिरताका कारण यहाँ पाँच वर्षभित्रै तेस्रो पटक आमनिर्वाचन हुन लागेको हो । यसअघि सन् २०१५ र २०१७ मा पनि आमनिर्वाचन भएको थियो ।

युरोपेली संघ (इयू) बाट बेलायतको बहिर्गमन (ब्रेक्जिट)का कारण पछिल्लो समय यहाँ राजनीतिक अस्थिरता बढेको छ ।
अधिकांश क्षेत्रको चुनावी नतिजा शुक्रबार आइसक्ने बीबीसीेले जनाएको छ ।

समाचार वर्गहरू