बेलारुसका प्रधानमन्त्रीद्वारा राजीनामा

22

काठमाडौं – लेबनानका प्रधानमन्त्री हसन दीयाबले राजीनामा दिएका छन् ।

गत मंगलबार दुई सय जनाभन्दा बढीको ज्यान जानेगरी बेइरुतमा भएको विस्फोटनका कारण जनाक्रोश बढिरहेका बेला प्रधानमन्त्री दीयाबले राजीनामा दिएका हुन् ।

राष्ट्रिय टेलिभिजन मार्फत् सोमबार साँझ राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री दीयाबले पदत्याग गरेको घोषणा गरेका हुन् ।

सरकारमाथि भ्रष्टाचार र अक्षमताको आरोप लगाउँदै आक्रोशित मानिसहरूले लगातार तेस्रो दिन प्रदर्शन गरेका थिए । उनीहरूको प्रहरीसँग झडप भएको थियो ।

लामो समयसम्मको राजनीतिक गतिरोधपश्चात् हसन दीयाब यसै वर्षको ज्यानुअरीमा प्रधानमन्त्री नियुक्त भएका थिए ।

उनले आफ्नो सरकारले देशलाई बचाउनका लागि निकै अगाडि बढेर एउटा मार्गचित्र तयार पारेको तर भ्रष्टाचारका कारण त्यसो हुन नसकेको बताए ।

समाचार वर्गहरू