(काठमाडौं) – बैंकिङ कसुर मुद्दाका फरार अभियुक्त काठमाडौंबाट पक्राउ परेका छन् । चन्द्रागिरी नगरपालिका १२ गुर्जुधारा बस्ने धादिङ गजुरी गाउँपालिका ८ घर भएका आरएस कन्स्ट्रक्सनका संचालक राजकुमार अधिकारीलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
प्रतिवादी अधिकारी उपर १७ लाख र ५ लाख रुपैयाँको चेक बाउन्स भएको बैंकिङ कसुर मुद्दामा फरार रहेका उनलाई महानगरीय प्रहरी वृत्त थानकोटबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । अधिकारीलाई आइतबार उच्च अदालत पाटनमा दाखिला गरिएको उक्त कार्यालयले जनाएको छ ।