बैंकिङ कसुर सम्बन्धी मुद्दामा फरार २ अभियुक्त पक्राउ

16

(काठमाडौं) – बैंकिङ कसुर सम्बन्धी मुद्दामा फरार दुई अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । फरार दुई अभियुक्त मकवानपुरका सञ्जय पोखरेल र लक्ष्मीदेवी पोखरेललाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पक्राउ गरेको हो । दुवै जनलाई सीआईबीको टोलीले काठमाडौंको गौशाला र वीरगञ्जबाट पक्राउ गरेको हो ।

ब्युरोका एसपी वेलबहादुर पाण्डेका अनुसार उच्च अदालत, पाटनको २१ मंसिर २०७१ को फैसलाले सञ्जलाई ३ वर्ष कैद र एक करोड ९५ लाख २६ हजार रुपैयाँ र लक्ष्मीदेवीलाई २ वर्ष कैद र ७९ लाख २२ हजार रुपैयाँ जरिवाना सजाय हुने ठहर गरेको थियो ।

तर, सजाय बेरुजु रही फरार रहेको अवस्थामा दुवैलाई पक्रा गरी कैद भुक्तानका लागि कारागार पठाइएको पाण्डेले बताए । उनका अनुसार दुवै जनाले २५ फागुन २०६७ मा क्रिष्टल फाइनान्स लिमिटेड, थापाथलीबाट आफू खुशी अस्वभाविक रुपमा जग्गा मूल्यांकन गरेर कर्जा दुरुपयोग गरेको आरोप लागेको थियो ।

उनीहरुलाई जिल्ला अदालत काठमाण्डौं र पर्सा मार्फत कैद भुक्तानका लागि कारागार पठाईएको प्रहरीले जनाएको छ ।

समाचार वर्गहरू