बैङ्किङ कसुर मुद्धामा वहालवाला वडा अध्यक्ष पक्राउ

7

काठमाडौं – बैङ्किङ कसुर मुद्धामा सिन्धुपाल्चोकको जुगल गाउँपालिका–७ याङ्लाकोटका बहालवाला वडा अध्यक्ष रवि तामाङ पक्राउ परेका छन् ।

२०७९ को स्थानीय तह निर्वाचनमा तामाङ नेपाली कांग्रेसबाट वडा अध्यक्षमा निर्वाचित भएका तामाङलाई जिल्ला अदालतमा पेस गरी कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

फैसला कार्यान्वयन अन्तर्गत उच्च अदालत पाटनले २०७८-११-२० को फैसलामा रविलाई बैङ्किङ कसुर मुद्धामा कैद तीन दिन र ९ लाख ९० हजार रुपियाँ जरिवाना सजाय तोकेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक निरञ्जन भट्टराईले जानकारी दिए । अदालतको फैसलापछि तामाङ फरार थिए । 

वैशाख १६ गते प्रहरी टोलीले बाहलवाला वडा अध्यक्ष तामाङलाई जुगल गापा–५ ढाँडेबाट पक्राउ गरी सदरमुकाम चौतारा लागि जिल्ला अदालत पेस गरेको थियो ।  

मध्यबिन्दु अनलाइन
WRITTEN BY

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं.
दर्ता न. १७८८/०७६-७७

समाचार वर्गहरू