बैतडीमा ट्याक्टर दुर्घटना, २ जनाको मृत्यु

23

बैतडी – बैतडीमा शनिबार साँझ ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन् । दुर्घटनामा मेलौली नगरपालिका–९ का ३२ वर्षीय नारायण भट्ट र अर्का ५८ वर्षीय नारायण भट्टको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मेलौली नगरपालिका–९ बाट मेलौली बजारतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०११२ त ४५७७ नम्बरको ट्याक्टर दुर्घटना भएको बैतडीका प्रहरी प्रमुख डीएसपी नारायण प्रसाद अधिकारीले बताए ।

कैलालीको गौरीगंगा नगरपालिकाका चालक २५ वर्षीय अमृत चौधरी घाइते भएका छन् । उनको स्थानीय अस्पतालमा उपचार भईरहेको छ । ट्याक्टर सडकबाट १ सय मिटर तल खसेको प्रहरीले जनाएको छ ।

समाचार वर्गहरू