बोलेरोले ठक्कर दिँदा प्रहरी हवल्दारको मृत्यु

13

साझा खवर/चितवन – चितवनको भरतपुरमा बोलेरोको ठक्करबाट एक जनाको मृत्यु भएको छ । आइतबार राति ११ बजेतिर भरतपुर–१ रामनगरमा बा १७ च ५७५८ नम्बरको बोलेरोले ना ५५ प १४२५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा धादिङ नीलकण्ठ नगरपालिका–१० का यदुप्रसाद पाठकको मृत्यु भएको हो ।

३५ वर्षीय पाठक जिल्ला प्रहरी कार्यालय चितवनमा कार्यरत हवल्दार हुन् । उनको उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

ठक्कर दिने गाडी र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

समाचार वर्गहरू