(नवलपरासी) – पूर्वी नवलपरासीको बौँदीकाली गाउँपालिका वडा नम्बर ५ मा सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाका उम्मेदवार विजयी भएका छन् ।
शनिबार भएको उपनिर्वाचनमा नेकपाका उम्मेदवार खिमबहादुर थापा खरु मगर विजयी भएका हुन् ।
उनले ३ सय ६७ मत प्राप्त गरे भने उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार तुलबहादुर रानाले २ सय ११ मत प्राप्त गरे ।