ब्रिज कोर्समा शिक्षामन्त्री पोखरेलकै संलग्नता : रास्वपा सांसद सुलभ खरेलद्वारा कोर्ष सञ्चालन

54

काठमाडौं । भ्रष्टाचार र अनियमितात रोक्ने भन्दै जनमत पाएको राष्ट्रिय स्वतन्त्र पार्टीले सरकार गठन गरेसंगै विवादमा फस्दै गएको छ । चर्चा र स्टनबाजी गर्नमा माहिर रास्वपाले एकल सरकार गठन गरेसंगै गरेका निर्णय २४ घण्टा वित्न नपाउदै विवादमा पर्न थालेका छन् । भने अर्कोतर्फ जनताको वाईवाई पाउन गरिएको शिक्षामन्त्री सस्मित पोखरेलको निर्णय समेत अहिले बालुवामा पानी हाले झै कार्यन्वयन नहुदै विवादमा फसेको छ ।

शिक्षामन्त्री पोखरेलले मन्त्रालयको जिम्मेवारी सम्हालेसंगै ब्रिज कोर्सका कक्षा बन्द गराउन जारी गरेको परिपत्र सार्वजनिक भएपनि एकाएक हटाएसंगै मन्त्रीको संलग्नता ब्रिर्ज कोर्षमा रहेको भेटिएको छ । ब्रिज कोर्सको कार्यक्रम बन्द हुने वा नहुनेमा मन्त्री आफै अन्योलमा परेका छन् ।

तर, ब्रिज कोर्स गरेकाहरू भने रास्वपा सांसद सुलभ खरेलकै ब्रिज कोर्स गराउने संस्था भएकाले बन्द गराउने सूचना जारी भएपनि २४ घण्टा वित्न नपाउदै सो निर्णयबाट मन्त्री पोखरेल पछि हटेको शिक्षामन्त्रालयका कर्मचारीहरुले बताएका छन् ।

नाम र परिचय गोप्य राख्ने सर्तमा मन्त्रालयका एक कर्मचारीले भने,‘मन्त्री हुनासाथ व्रिज कोर्ष बन्द गर्ने निर्णय सहित पत्र पठाए, पछि रास्वपाका सांसद खरेलकै दवावमा सो पत्र मन्त्रालयको वेवसाईटबाट हटाउन लगाएको हो, यहाँ कर्मचारीलाई दोष दिइएको छ ।’ प्राप्त विवरण अनुसार सांसद सुलभ खरेलले ‘प्लेटे इन्स्टिच्युट’ नामक संस्था चलाउदै आएको पाइएको छ ।

सो सस्थाले पाँच वर्षको बीए एलएलबी कार्यक्रमको ब्रिज कोर्स तयारी कक्षा चलाउँदै आएको पाइएको छ । यसैगरी, खरेलका दाजु ज्योती खरेलले समेत ब्रिज कोर्स बन्द गर्न लागिएको शिक्षा मन्त्रालयको सूचनामा आपत्ति जनाएर आइतबारै सामाजिक सञ्जालमा चिन्ता व्यक्त समेत गरेका थिए ।

खरेलले सञ्जालमा भनेका छन्,‘मेरो स्पष्ट धारणा छ, १० प्लस २ सम्मको भर्नालाई सरल र इन्ट्रान्समुक्त बनाऔँ, तर, डाक्टर, इन्जिनियर र अफिसर बन्ने सपना बोकेका किसानका छोराछोरीको लागि इन्ट्रान्स कोचिङ बन्द गर्नु भनेको उनीहरूको सफलताको ढोका बन्द गर्नु हो ।’ सो बारे सांसद सुलभ खरेलसंग प्रतिक्रिया लिन खोज्दा उनको फोन रिसिभ भएन ।

समाचार वर्गहरू