(भक्तपुर) – प्रदेशसभा सदस्यका लागि भएकाे उपनिर्वाचनमा भक्तपुर १ (क) मा नेपाली कांग्रेसका कृष्णलाल भँडेलले विजयी भएका छन् । १३ हजार ४ सय ४९ मत ल्याएर उनी विजयी भएका हुन् ।
उनका प्रतिद्वन्दी नेपाल कम्युनिष्ट पार्टीका उम्मेदवार देवीप्रसाद ढकालले ११ हजार २ सय ६ मत प्राप्त गरे ।
तेस्रो स्थानमा रहेका नेपाल मजदुर किसानका पार्टी उम्मेवार निरज लवजूले ५ हजार २९ मत पाएका छन्।
२०७४ मा भएको प्रदेश सभा चुनावमा तत्कालीन नेपाल कम्युनिष्ट पार्टीका हरिशरण लामिछाने १२ हजार ७ सय८९ मत ल्याएर विजयी भएका थिए। कांग्रेसका जीवन खत्रीले ९९७७ मत ल्याएका थिए।
कांग्रेसका पूर्वक्षेत्रीय सभापति समेत रहेर काम गरेका भँडेल पहिलो संविधानसभा २०६४ मा उम्मेदवार थिए। भँडेल पछिल्लो समय भक्तपुर क्षेत्र नम्बर १ मा रहेर पार्टीमा सक्रिय थिए। भँडेल कांग्रेस सभापति शेरबहादुर देउवा निकट नेता हुन्।